निराजन सिर्पाली / रूकुम पूर्व :
२०८० जेठ २६ गते, शुक्रवार
रुकुम पूर्वकको भूमे गाउँपालिकामा चौथो भूमे खुल्ला साँस्कृतिक महोत्सव प्रतियो गिता २०८० हुने भएको छ । हरेक वर्ष लाग्दै आएको भूमे खुल्ला साँस्कृतिक महोत्सव प्रतियो गिता यस वर्ष पनि सुरु हुने भएको हो ।
यहि असार २ गते खाबाङबगर जाउँ, भूमे साँस्कृतिक महोत्सवमा संगै जाँउ र रमाउ, हाम्रो भूमे हाम्रो पहिचान स्थानिय भाषा स्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान, भन्ने मुल नाराका साथ चौथो भूमे खुल्ला साँस्कृतिक महोत्सव प्रतियोगिता २०८० ऐतिहाँसिक भूमे पर्वको अबसरमा भूमे गाउँपालिका रुकुम पूर्व द्धारा आयोजित विभिन्न खुल्ला प्रतियोगिता सहित भूमे खुल्ला साँस्कृतिक महोत्सव सुरु हुनलागेको महोत्सव आयोजक समिति सदस्य चन्द्र रसाइलीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार साँस्कृतिक प्रतियोगिताहरुमा भूमे नाच, ढुङ्गे नचारु नाच,मयुर नाच, पैसेरु नाँच, फाँक नाच, झोरेल्नी नाँच,सिङ्गारु नाच, र लस्के गित प्रतियोगिताहरु उक्त महोत्सवमा सञ्चालन हुने बताईएको छ ।
भूमे नाचमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेलाई क्रमश १ लाख, ७५ हजार, ५० हजार र २० हजार रहेको छ । ढुङ्गे नचारु नाचमा ७५ हजार, ५० हजार, ३० हजार र १५ हजार, मयुर नाच तर्फ ५० हजार,३० हजार, २० हजमर, र १० हजार रहेको छ ।
पैसेरु नाँच, फाँक नाच, झोरेल्नी नाँच,सिङ्गारु नाच, र लस्के गित तर्फ क्रमश सबैलाई ३० हजार, २० हजार, १० हजार,र ५ हजार पुरस्कार रासी रहेको छ । त्यस्तै आयोजकले पुरस्कार रासीहरुमा नियमअनुसार २५ प्रतिशत कर कट्टी हुने र प्रतियोगीतालाई थप व्यवस्थित गर्नका लागी समुह दर्ताको लागी १ हजार शुल्क तोकिएको पनि आयोजकले जानकारी दिएको छ ।
समुह दर्ताका लागि २०८० असार १ गते भित्र गरिसक्नु पर्ने तथा असार २ गते मध्यान्ह १२ बजे उक्त चौथो भूमे खुल्ला साँस्कृतिक महोत्सव प्रतियो गिता २०८० को उद्घाटन हुने भएको हो ।

