चनौली, जेठ २७ : राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नम्बर २६ को बिस्तारित वडा भेला सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भेलाले राजेन्द्र राज सुबेदीलाई सभापतिमा सर्बसम्मत चयन गर्दै आफ्नो ११ सदस्यीय कार्य समितिलाइ पूर्णता दिएको छ । कार्यक्रम रास्वपा २६ का जेष्ठ सदस्य श्री शिबभक्त पण्डित को सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा चितवन जिल्ला सभापति कृष्ण प्रसाद भुसाल, महानगर सभापति सिता ज्ञावली, सभापति राजेन्द्र सुबेदी लगायतका वक्ताहरूले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्द व्यक्ति तथा पार्टीका शुबेच्छुक गरि करिब १५० जनाको उपस्तिथि रहेको पार्टीका वडा सचिब यदुनाथ पौडेलले बताउनु भयो ।