मिलनचोक।भरतपुर–२६ मिलनचोकमा शनिवार गरीएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेकाछन।
मुस्कान जिवन समुह भरतपुर–२६को आयोजनामा भएको रक्तदान कार्यक्रममा ८ महिला र ३७ जना पुरूषले रक्तदान गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नं. २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै वडाध्यक्ष खनालले जेठ महिनादेखि साउनसम्म रगतको चरम अभाव हुने हुदा मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सबैले सहयोग पु¥याइदिनु पर्ने वताए।
रेडक्रस चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछाने,रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाका सभापति जीवाखर ढकाल वडासदस्यहरू सावित्री कोइराला, प्रकाश सुवेदी र गीता दर्जी लगायतको उपस्थिति रहेको थियो।
मुस्कान जिवन समुहका अध्यक्ष घनश्याम ढकाल प्रेमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।