काठमाडौँ, असार ३ : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल जिम्बाबेविरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।
१७१ रनको अवस्थामा ओपनर कुशल भुर्तेल ९९ रनमा आउट भए । शतक नजिक पुगेका भुर्तेल बोल्ड आउट भएपछि इतिहास रच्ने मौका गुमाए । अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् ।