निराजन सिर्पाली / रुकुम पूर्व :
२०८० असार ५ गते, मंगलबार
रुकुम पूर्व : राष्ट्रिय जनगणना २०७८ जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रम रुकुमकाेट रुकुम पूर्व मा सम्पन्न भएको छ ।
आज रुकुमकाेट स्थिति कन्ट्री भिल्लाकाे सभा हलमा तथ्यांक कार्यालय रुकुम पश्चिम , रुकुम पूर्व र पश्चिम जाजरकोट काे आयाेजनामा एक कार्यक्रम का बिच राष्ट्रिय जनगणना २०७८ काे नतिजा सार्वजनिक गरिएको हाे ।
राष्ट्रिय जनगणना २०७८ मंसिर ९ गतेको तथ्यांक अनुसार रुकम पूर्वको जनसंख्या ५६ हजार ७ सय ८६ रहेको छ । जस्मा पुरुषको संख्या २७ हजार ५ सय १६ ( ४८.४६ प्रतिशत ) र महिलाको संख्या २९ हजार २ सय ७० ( ५१.५४ प्रतिशत ) रहेको छ
जस अनुसार लैङ्गकि अनुपात अर्थात प्रति १ सय जना महिलामा पुरुषको संख्या ९४.०१ रहेको छ । २०६८ सालमा कुल जनसंख्या ५३ हजार १ सय ८४ र लैङ्गकि अनुपातमा ८८ . ५७ रहेको थियो । जसमा दस वर्षको सरदर वार्षिक जनसंख्याकाे ०.६३ प्रतिशत वृद्धिदर भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै रुकुम पूर्वकाे हकमा स्थानीय तह हरुकाे तथ्यांकमा २०७८ काे जनगणना अनुसार भूमे गाउँपालिकामा सबैभन्दा धेरै ३४.९२ जनसंख्या रहेको छ । र सबैभन्दा कम पुथा उत्तरगंगा गाउँपालिकामा ३२.९४ प्रतिशत रहेको छ । दाेस्राे मा रहेको सिस्ने गाउँपालिका काे ३२.६४ प्रतिशत रहेको तथ्यांकमा देखिएको छ ।
१० वर्ष अगाडि २०६८ काे जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या भूमे गाउँ पालिकामै देखिएको थियो जसमा ३४.९५ सिस्ने गाउँपालिकामा ३१.०२ प्रतिशत र पुथा उत्तरगंगा गाउँपालिकामा ३३.७२ प्रतिशत रहेको थियो ।
साथै तथ्यांक कार्यालयले जनघनत्व, स्थानीय तह अनुसार जनसंख्या वृद्धिदर र परिवर्तन , घरको संख्या र मुख्य प्रयोग , परिवारले प्रयोग गरेको घरको स्वामित्व, परिवारकाे औसत आकार , परिवारमूली, परिवारमा अनुपस्थित जनसंख्या , उमेर समुह अनुसार जनसंख्याको संरचना , विशेष उमेर समुह अनुसार जनसंख्याको संरचना , जनसंख्याको शैक्षिक स्थिति तथा साक्षरता, जन्म स्थानको आधारमा जनसंख्या , बसाइ सर्नुकाे कारण , जातजाति अनुसार जनसंख्या विवरण , धर्म तथा मातृभाषा अनुसार जनसंख्या विवरण सार्वजनिक गरिएको छ ।
त्यस्तै अपांगता सम्बन्धि विवरण आर्थिक क्रियाकलाप सम्बन्धि विवरण , आर्थिक कामकाे पेशागत वर्गीकरण अनुसारको जनसंख्या , आर्थिक कामको औधोगिक क्षेत्र वर्गीकरण अनुसारको जनसंख्या , आर्थिक काम नगर्नुकाे कारण ,जन्मदर्ताकाे अवस्था अनुसार बालबालिकाकाे संख्या, पारिवारिक तथा परिवारमा खानेपानीको मुख्य स्राेत, परिवारमा खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन , परिवारमा बत्ती बाल्न अक्सर प्रयाेग गरिने स्राेत, परिवारले प्रयोग गर्ने शौचालय , परिवारमा उपलब्ध साधन – सुविधाहरु र परिवारमा महिलाको नाममा रहेको घर जग्गा काे बारेमा पनि तथ्यांक सार्वजनिक गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा काे अध्यक्षता सगै सुरु भएको राष्ट्रिय जनगणना २०७८ सार्वजनिक कार्यक्रममा जिसस उपप्रमुख माेहान बहादुर केसी काे प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै तथ्यांक सार्वजनिक कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।