आप्रवासी कामदार सञ्जाल गलकोटले गलकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
सुरक्षित वैदेशिक रोजगारीको सूचना मार्फत जानकारी तल्लो तह वा समुदाय सम्म भरपुर मात्रामा सचेतना फैलाउन, समस्यामा परेका व्यक्तिहरुलाई न्यायमा पहुँच वृद्धि गराउन र विदेशबाट प्राप्त सीप पूँजी र प्रविधिलाई पालिकाको आर्थिक वृद्धिका निम्ति गलकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट विषयलाई विशेष महत्व दिनको लागि आप्रवासी कामदार सञ्जाल गलकोटले गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गराउन थप पहलका लागि सुरक्षित आप्रवासन कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने, गलकोट नगरपालिकाका बासिन्दालाई विदेशमा काम लाग्ने खालको सीप तालिम लिएर वैदेशिक रोजगारीमा जाने वातावरण तयार गर्नुपर्ने, वैदेशिक रोजगारीमा जान लागेका र गैसकेकाहरुलाई आफ्नो एक प्रति कागजात घरमै छाड्न र विदेशबाट पडाउन प्रोत्साहन गर्ने नीति लिनुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पूँजी र प्रविधिको उच्चतम प्रयोग गरी पालिकाको आर्थिक वृद्धिमा टेवा पुयाउनुपर्ने र त्यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरि पुन एकिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने मागहरु उल्लेख गरिएको छ ।
त्यस्तै वैदेशिक रोजगारमा गएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरुमा देखापर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखीम न्यूनीकरण तथा व्यवस्थापनको लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारीको क्रममा आमा वा बाबु गुमाएका परिवारका सन्तानहरु जसले वैदेशिक रोजगार बोर्ड सचिवालयबाट छात्रवृत्ती सहायता प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई पनि सोहि अनुसारको छात्रवृत्ती सहायता प्राप्त गर्न सकेका छैनन् उनिहरुलाई पनी सोही अनुसारको छात्रवृत्ती सहायता प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक होडिङ बोर्डहरु विभिन्न स्थानमा राख्ने व्यवस्था गर्नुपर्ने, स्थानीय तहबाट नै श्रम स्वीकृतीको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राही मैत्री बनाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको निःशुल्क सीप परीक्षणको व्यवस्था गर्नुपर्ने मागहरु आप्रवासी कामदार सञ्जाल गलकोटका अध्यक्ष भरत परियारद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।