काठमाडौँ, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्। अघिल्लो असार ७ गते स्थापना भएको रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदैछ। स्थापना भएको पहिलो वर्षमै रास्वपा अहिले २१ सिटसहित संसदको चौथो दल बनेको छ।
आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउन बताउँदै सभापति लामिछानेले भने, ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ र के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुँद हिजोको जग खडा गर्नु हुने सीधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु । ’