चनौली । नेपाल रेडक्रस चनौली उपशाखाको २९औँ वार्षिक साधारण सभा तथा एम्वुलेन्स समुदघाटन कार्यक्रम शनिवार भरतपुर–२०, चनौलीबजारमा सम्पन्न भएकोछ।्
बागमती प्रदेशका प्रदेशसभा सदस्य माया श्रेष्ठ प्रमुख अतिथि रहेको साधारण सभालाई सम्बोधन गर्दै श्रेष्ठले आगामी दिनमा रेडक्रसलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने वचन दिइन ।
उनले नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको सक्रियतामा सञ्चालन हुन लागेको इमर्जेन्सी क्लिनिक भवनका लागि प्रदेश सरकारले वजेट विनियोजन गरेको वताइन।
साधारणसभामा सचिव चुडामणि पौडेलको प्रगति प्रतिवेदन र लेखा समिति संयोजक महेन्द्र गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्वसभापतिहरू लक्ष्मीकान्त दवाडी र एकनारायण पौडेल, समाजसेवी हुमनाथ ढकाल, कल्याण आमा समुहकी अध्यक्ष बिष्णु माया पराजुली, रेडक्रस वेलुवा उपशाखाकी सचिव राधा सापकोटा, दिव्यनगर उप शाखाका सभापती जिवाखर ढकाल,भरतपुर १८ का वडाध्यक्ष बावुराम राना, रेडक्रसका केन्द्रीयसदस्यहरू शिला परियार र महेन्द्र श्रेष्ठ, पुर्ववाग्मती प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, जिल्ला समन्वय समिती चितवनका सदस्य कृष्णभक्त भट्टराइ, पुर्वसांसद भिमवहादुर श्रेष्ठ, रेडक्रस जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेल,पुर्व उपसभापती विदुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा चनौली उपशाखाले सञ्चालनमा ल्याएको नयाँ एम्बुलेन्सको बागमती प्रदेश सभा सदस्य श्रेष्ठले शुभारम्भ गरेकी थिइन। भन्सार छुट बाहेक रु. २१ लाखमा एम्बुलेन्स खरिद गरिएको हो । उपशाखा सभापति लामिछानेका अनुसार भरतपुर महानगरपालिका वडा नं. २० ले रु. ५ लाख,वडा नं. १८ ले रु.३ लाख, बाँकी रकम रेडक्रसको आन्तरिक स्रोतबाट जुटाएर एम्बुलेन्स खरिद गरिएको हो ।
कार्यक्रममा पत्रकार एवं साहित्यकार वसन्त पराजुली, ४० पटक रक्तदान गर्नुहुने चन्द्रवीर प्रजापति, जेष्ठ सदस्यहरु हरिप्रसाद न्यौपाने र रसमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।



