२०८० श्रावण ९ गते, मंगलबार , रुकुम पूर्वमा वर्षाका कारण सडक अबरुध भएको छ । पहिरोले सडक अबरुधहुदा पैदलयात्री तथा सवारी साधनहरुलाई आवत जावत गर्न कठीन भएको छ । मध्य पहाडी लोग मार्ग सडक सञ्चालन भए पनि रुकुम पूर्वको तिन वटै स्थानिए तह हरुको गाउँ बस्ती हरुमा बर्षात सुरु भए संगै ग्रामीण सडक भने अवरुद्ध बनेकाछन् । सडक अवरुद्ध हुँदा ग्रामीण भेगका नागरिकहरुको जन जिवन प्रभावित बनेको छ ।
केही दिन यता नियमित परेको वर्षाले भूमे गाउँपालिकाको वडा नम्बर ९ को चुन्बाङ र ८ को कुचिबाङ सिमखोला भूमे ६ को रुन्ति नाखे, तामारी खाम्दै महत, वडा नम्बर ५ को डालिबाङ २ नम्बर वडाको गाबाङ आरु डाडाँ र ३ नम्बर वडाको मोराबाङ र क्याङसी, झुम्लाबाङको अधिकांश सडक अवरुद्ध भएका छन ।
ग्रामीण सडक खुलाउनको लागि भूमे गाउँपालिकाको जे सि वि सन्चालनमा छ । तर जेसिवीले अबरुध सडक सञ्चालमा ल्याइए पनि पानि पर्ने वितिकै सडक पुनह बन्द हुने गरेको बताइएको छ । विहान मर्तत गरेको सडक साझ अबरुध हुने सडक पुर्बधार विकास कार्यलय भूमे साखाका सब ईन्जिनियर सन्तोस घर्तीमगरले बताउनुभएको छ । पालिकामा बजेट सिमित मात्रामा हुनेभएकाले बर्षा सकिए लगतै दशै आउनु भन्दा पहिलेनै बन्द भएका सबै सडक असोज पछि मात्रै खुलाइने उहाँको भनाइ रहेको छ ।
स्थानिए सकारको स्थापना भई सके पछी गाउँ–गाउँमा सडक पुगिसकेका छन । तर सिस्ने गाउँपालिकाको वडा नम्बर १ ठुलो सिस्ने र २ नम्बर वडाको छिपखोला तथा प्वाङ र पुथा उत्तर गंगा गाउँपालिकाको पेल्मा, रन्मा, हुकाम, मैकोट,अर्जल,जाङमा भने सडक बाटो पुग्न सकेको छैन । यि बस्तीहरु लामो दुरीका साथै बिकट क्षेत्र पनि भएकाले र लागत पनि संघ तथा प्रदेशको मुख ताक्नु पर्ने । स्थानिय सरकारको बजेट कमहुने हुदा उक्त समस्या हुने गरेको छ । यस नयाँ आर्थिक वर्षमा कतिपय ठाँउहरुमा बजेट बिनियोजन भएको छ भने कतिपय ठाँउहरुमा भने अझै केही वर्ष पर्खिनु पर्ने भएको छ ।

