चितवन, साउन १३-पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ७ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यसअघि गएराती खसेको पहिरो पन्छाएर करिब साढे ३ बजेदेखि सडक सञ्चालनमा आएको थियो ।

