काठमाडौं, साउन १७ : ब्रोइलर कुखुराको मुल्य फेरी घट्ना थालेको छ । केही महिनादेखि निरन्तर उकालो लागेको ब्रोइलरको मुल्य तीन सातादेखि घट्न सुरु गरेको हो । तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।
गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो । उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ । जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्रिी वितरण भइरहेको छ ।