पाण्डवखानी समाज यु.के को निमन्त्रणामा कलाकार (गायक) नबिन राना August ४ मा यु के पुग्नु भएको छ । समाजको बार्षिक भेटघात २०२३, १२ August मा नबिन राना र देबी घर्तीले दमदार प्रस्तुति दिनेछन्।
गायक राना लाई स्वागत गर्न समाजका अध्यक्ष खड्क थापा (बुढा), कोषाध्यक्ष बिष्णु काउचा, सह कोषाध्यक्ष सुन्दर राना, युबा संयोजक राजेन्द्र पुन (छन्त्याल), सचिवालय समितिका अध्यक्ष दल पुन, सल्लाहाकार समिति सदस्य रामु राना, सदस्य प्रेम थापा तथा बागलुङ्गे समाज यु केका निबर्तमान अध्यक्ष छविमाया पुन Heathrow, Airport पुग्नु भएको थियो।
त्यस्तै Airport मा स्वागतमा बस्नु भएकोकाहरुलाइ
गायक रानाले नेपालीकाे पहिचान झल्काउने नेपाली टाेपि
समेत लगेका थिए । कलाकार राना र घर्ति गलकाेट नगरपालिका १० पाण्डबखानीमा जन्मनु भै राष्ट्रियस्तर, देश तथा विदेशमा जन्म गाउँ र आफ्नाे नाम राख्न सफल हुनु भएको छ, समाजका अध्यक्ष खड्क थापा (बुढा) ले
यु के बसाई र सांगितिक यात्रा फलदायी बनोस् भनि अन्तरात्मादेखि शुभकामना कामना व्यक्त गर्नु भएको थियाे।