नेपाल महिला संघको ७६ औँ स्थापना दिवसको अवसरमा गलकोट नगरपालिकामा डष्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला उपाध्यक्ष भिमकली श्रीसले विगतको कामहरुलाई दोहो¥याउदै औपचारिकता प्रदान गर्नु भन्दा भिन्न काम गर्दा सफलता मिल्ने बताउनुभयो ।
उहाँले बजार व्यवस्थापनको लागि सानासाना कुराहरुलाई ध्यान दिदै हटिया बजारमा फोहोर व्यवस्थापनको लागि डष्टबिन वितरण गरिएको बताउनुभयो । त्यस्तै नेपाल महिला संघ गलकोट नगर अध्यक्ष मिना ताम्राकार श्रेष्ठले नेपालमा जहाँनिया राणाहरुको निरङ्कुस शासनको बेला नेपालको पहिलो भातृ संगठन र नेपाली कांग्रेसको ज्येष्ठ संगठन नेपाल महिला संघको २००४ सालमा स्थापना भएको बताउनुभयो ।
उहाँले नेपाली नागरिकहरुले बोल्न पाउने, पढ्न लेख्न पाउने, राजनितिक दल खुल्न पाउने लगायतका सबै अधिकारबाट वञ्चित भएको र त्यहि चरम दमनको समयमा स्वार्गिय मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला संघको ऐतिहासिक स्थापना भएको समेत बताउनुभयो । श्रेष्ठले नेपाली महिलाहरु हरेक कार्यक्रममा सक्रिय हुनुपर्ने, आर्थिक भौतिक, राजनंैतिक तवरमा जबसम्म महिला सक्रिय हुन सक्दैनन् तबसम्म कुनै पनि क्षेत्रको विकास नहुने बताउनुभयो ।
त्यस्तै उहाँले नेपाली कांग्रेसको नेतृत्वलाई सक्रिय बनाउनको लागि हामि समाजमा जानुपर्ने, पार्टि भित्र रहेको विकृतिलाई हताउनुपर्ने र नागरिकका हरेक समस्यामा नेपाली कांग्रेस संगसंगै हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ३ का कार्यवाहक वडा अध्यक्ष खिम साहनी र वडा सचिव चन्द्र श्रीसलाई १५ वटा डष्टबिन हस्तान्तरण गरिएको थियो । उक्त डष्टबिन फोहोर व्यवस्थापनको लागि हटियाको विभिन्न स्थानमा राखिने समेत जनाईएको छ ।
कार्यक्रममा नेपाल महिला संघका जिल्ला सहसचिव तथा नेपाली कांग्रेस प्रदेश प्रतिनिधी कमला श्रीस, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी ९हेमन्त०, नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नन्दराज शर्मा, स्वतन्त्र विद्यार्थि युनियन गलकोट बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नेपाल महिला संघ गलकोट नगर अध्यक्ष मिना ताम्राकार श्रेष्ठको अध्यक्षता, नगर सदस्य मिना चोखालको स्वागत र सचिव विष्णु विकको सञ्चालनमा सम्पन्न भएको थियो ।