गलकोट नगरपालिका वडा नम्वर १ चौराहमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर १ र १० वडा कार्यालयको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १ का निवर्तमान वडा सदस्य स्वर्गिय हिरा बहादुर विकको ७ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष लाल बहादुर राना, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचा, राधिका पुन, दिप घर्ती, भिम बहादुर घर्ती लगायतले परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति मिलोस् भनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
स्वर्गिय विक गलकोट नगरपालिका वडा नम्वर १० का कार्यालय सहयोगी गिता विकको बुबा तथा गलकोट नगर कार्यपालिका सदस्य राम प्रसाद विकको ससुराबुबा हुनुहुन्छ ।
स्वर्गिय विकको गत साउन २१ गते ७१ वर्षको उमेरमा निधन भएको थियो ।