काठमाडौँ, साउन ३०: नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता सुवास झाले विमानको ब्रेकमा समस्या देखिएको बताए । उनले भने, ’रनवेमा रहेको विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ ।’
एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विमानहरू आकाशमै ’होल्ड’ भएका छन् ।

