क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको आज पेसी छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ । आजै अदालतले फैसला गर्ने सम्भावना छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।
यो मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि उनले क्रिकेट खेलिरहेका छन् । यही ३० अगस्टमा सुरु हुने एसिया कप क्रिकेटका लागि घोषित टिममा पनि लामिछाने रहेका छन् ।

