काठमाडौं,भदौ ८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालय मर्मत संम्भार गर्न टेन्डर आवह्रान गरिएको छ । शुक्रबार महानगरपालिकाको सार्वजनिक निर्माण विभागले एक सूचना निकालेर मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर आवह्रान गरेको हो ।
महानगरले ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आवह्रान गरेको छ । आगामी असोज ७ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।
यसअघि उक्त प्लाजामा होटल रेस्टुरेन्ट पसल लगायतका व्यापार व्यवसाय सञ्चालनमा रहेको थियो । होटल रेस्टुरेन्ट खाली गराएपनि फोहोर भएकाले रङ रोगन लगायत मर्मत सम्भार गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।
मेयर बालेन साहको कार्यकक्षमा यसअघि दोहोरी साँझ चलाइरहेको ठाउँमा मेयर बालेन साहको कार्यकक्ष बनाउने तयारी भइरहेको छ । मेयरको कार्यकक्षमा दुई–दुईवटा एसी, छुट्टै किचन, मिटिङ रुम, विश्राम कक्ष र सेवा प्रवाह कक्ष रहनेछन् । अहिले मेयरको कार्यकक्ष तयार नहुँदा मेयर साह राष्ट्रिय सभागृहबाट काम गर्दै आइरहेका छन् ।