चितवन, भदौ ०९ : पहिरोको कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा आएको छ ।
बर्षाका कारण पहिरो खस्दा यस सडक खण्डको नाम्सि पुल नजिकै एक तर्फि सञ्चालनमा रहेको थियो ।
आज दिउँसो सवारी साधनलाई दुई घण्टा रोकेर पहिरो हटाएपछि साँझ ५ः४५बाट दुई तर्फि सञ्चालन गरिएको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
यातायात दुई तर्फि नै सञ्चालनमा ल्याउनका लागि ३ वटा मेशिन प्रयोग गरिएको थियो । यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।