चितवन, भदौ १० ः शनिवार हिन्दुवादी संघसंस्थाले धरानमा शनिवार निकालेको ‘धार्मिक ¥याली’ भन्दै एउटा फोटो भाइरल बन्यो । जहाँ ॐ लेखेका प्रसस्त झण्डा थिए । मानिसहरुको ठुलो भिड थियो । त्यही फोटो पोष्ट गर्दै सामाजिक सञ्जालमा धरानमा निकालिएको ¥याली भन्दै हिन्दुधर्मालम्बिहरुले सेयर गरिरहेका थिए ।
के त्यो फोटो धरानकै हो त ?
होइन,
जबकी फोटो भाइरल बनिसक्दा धरानमा त्यति ठुलो ¥याली निस्किएको थिएन् । त्यो फोटोको फ्याक्ट चेक गर्दा शनिवार धरानमा खिचेको पाइएन । उक्फोत फोटो गत असार ५ गते वीरगञ्जको एक धार्मिक कार्यक्रममा निकालिएको फोटो पायौँ ।
वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा रथ यात्राका क्रममा खिचेको फोटो थियो । त्यो फोटो हामरा वीरञ्जले २०८० असार ५ गते आफ्नो अनलाईन पोर्टलमा प्रकाशित गरेको छ । त्यस्तै सोही फोटो सोही दिन अपिल गुरुङले आफ्नो ट्वीटरमा पोष्ट गरेका छन् ।
फोटो सेयर गर्नेमा बढी राजावादी छन् । उनीहरुले घट्नालाई अतिरञ्जित बनाउन सामाजिक सञ्जालमा व्यापक सेयर गरेको देखिन्छ । सोही दिनको भिडियो पनि भाइरल बनाइरहेका छन् ।
गोरु काटेर खाएको भन्दै बिरोध कार्यक्रम राखिएको थियो । तर, धरान प्रशासनले निषेधाज्ञा जारी गर्यो । हिन्दूवादी संघसंस्थाले शनिबार गर्ने भनेको ‘धार्मिक ¥याली’ थियो। जसका लागि झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट सहभागीहरू आउने प्रचार गरिएको थियो।
केही दिन अघि मात्रै धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि सञ्जालमै त्यसविरूद्ध कडा प्रतिक्रिया प्रकट भएको थियो।
‘गौरक्षा’ को वकालत गर्दै आएका हिन्दूवादी संघ–संस्थाहरूले प्रदर्शन गर्ने तय भएको थियो। यस्तो अवस्थाबीच आयोजना हुने ‘धार्मिक ¥याली’ ले दुर्घटना निम्त्याउने जोखिम आकलन गरेर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो।
जे होस् , यो फोटोलाइ जसरी हिजैको भनेर सामाजिक संजालमा भाइरल बनाइएको छ बास्तवमा यो फोटो हिजोको नभएर करी दुइ महिना अगाडी नै सामाजिक संजालमा हालिएको फोटो भएको तथ्य फेला परेको छ !