काठमाडौं,साउन १० : प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा आइतबार दलहरुले उम्मेदवारी दिइरहेका छन् ।