आगामी बुधबारदेखी सुरु हुने एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्दैछ ।
पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ । नेपालले बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ ।
नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो ।
नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा हुनेछ । भारत विश्व ओडिआई वरियतामा तेस्रो स्थानमा छ ।
नेपाल आइसीसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ ।
यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्ट इन्डिज थियो । वेस्ट इन्डिजसँग दुई महिना अघि भएको विश्वकप ग्लोबल छनोटमा जिम्बावेमा खेलेको थियो ।
आइसीसी विश्व ओडिआई वरियतामा त्यस समय वेस्टइन्डिज १० औं स्थानमा रहेको थियो । सोहि प्रतियोगितामा नेपालले ११ औं स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । नेपालका उमेर समूह र महिला टोलीले खेलि सकेको छ ।
तर सिनियर टोलीले कुनैपनि प्रतियोगितामा पाकिस्तान र भारतसँग खेलेको छैन ।