कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो ।
उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । हाल दुर्घटनामा संलग्न बोलेरो जिपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।