दिव्यनगर,२३ भाद्र । पश्चिम चितवनको दिव्यनगरमा रहेको उमा-वडी आदर्श शेरचन कलेजमा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो कलेजले हरेक वर्ष यसै गरी कार्यक्रमको आयोजना गर्दछ ।
क्याम्पस प्रमुख सूर्य नारायण महतोले नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्व मनाउँदा भड्किलो तथा खर्चिलो नभई आफ्नो गक्ष अनुसार मनाउनुपर्ने बताउनुभयो । साथै उहाँले नेपालीहरूको पर्व हर्षोल्लासका साथै आपसी माया र सद्भाव सहित मनाउनुपर्नेमा जोड दिनुभएको थियो ।