नगरपालिका ११ रिघामा उदय रिघा बुद्ध विहार खुल्ला फुटबल रनिङ कप तथा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न छ।
कार्यक्रमकाे उट्घाटन गर्दै गलकाेट नगरपालिका ११ का वडा अध्यक्ष डम्बर श्रीसले खेलाडी राष्ट्रकाे गहना हुन भन्दै समग्र खेलाडीलाई राष्ट्रले प्राथमिकता दिनु पर्छ खेलमा हार जित हुन्छ त्यसैले विजेता तिमलाइ सफलता शुभकामना संगं उपविजेता तिमलाइ आगामीदिनकाे लागि सफलताकाे शुभकामना व्यक्त गर्नु भएको थियाे।
संस्कृतिकाे संरक्षण र सम्बर्द्धनकाे निम्त युवाहरुकाे एकता धर्म पाेखरी युवा समाजकाे अग्रता भन्ने मुल नाराका साथ नारिहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा धर्म पाेखरी युवा समाज रिघाद्धारा आयाेजित उदय रिघा बुद्ध विहारकाे पर्यटन तथा प्रचारप्रसारका लागि उदय रिघा बुद्ध विहार खुल्ला फुटबल रनिङ कप तथा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ।
असाेज १ देखि सुरु भएको फुटबल प्रतियोगिताका आयाेजक टिम a प्रथम सुखाैरा बागलुङ दाेस्राे भएका
छन त्यस्तै खुल्ला तिज गित प्रतियोगितामा प्रथम संस्कृति संरक्षण मञ्च काडेबास, दाेस्राे धर्म पाेखरी टिम a रिघा, तेस्राे पाण्डबखानी भएको छन् । क्लबका अध्यक्ष दिनेश श्रीसकाे अध्यक्षता गलकाेट नगरपालिका ११ का वडा अध्यक्ष डम्बर श्रीसकाे प्रमुख आथितियता जनक जिसिकाे स्वागत संगै मनाेज पुनकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

