ताराखोला गाँउपालिका वडा नं ३ मनियौलमा बोलेरो जिप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् ।
पोखराबाट ताराखोला गाँउपालिका तर्फ जाँदै गरेको ग १ ज ६५४० नम्बरको जिप आज दिउसो करिब साढे ४ बजे ताराखोलाको मनियौलमा दुर्घटना हुदाँ जिपमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।
दुर्घटनामा ताराखोला गाँउपालिका वडा न ५ का १८ वर्षिय मिलन सापकोटा, ताराखोला गाँउपालिका वडा नं ४ दलानचौरका ४१ वर्षिय कमला खत्री, वडा नं २ अर्गलका ७० वर्षिय भिम बहादुर रोका, वडा नं ५ का ३५ वर्षिय मसिना परियार, वडा नं ५ दकदकेका ३६ वर्षिय, रबि परियार, १८ वर्षिय शुशिला परियार, ६१ वर्षिय श्री कुमारी दर्जी घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख थम्मनसिँह रानाले जानकारी दिनुभयो ।
घाइतेहरुको गलकोट नगर अस्पताल हरिचौरमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये ताराखोला गाँउपालिका वडा नं ५ दकदकेका ६१ वर्षिय श्री कुमारी दर्जीको अवस्था सामान्य रहेको र अन्य घाइतेहरु पनि बोल्न सक्ने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
जिप चालक ताराखोला गाँउपालिका वडा नं ५ का ४६ वर्षिय चित्र बहादुर रोका भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ३० मिटर तल खोलामा खसेको इलाका प्रहरीले जनाएको छ । जिप रोकेर ओट राख्ने क्रममा ब्याक भएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।