सिड्नी, ७ कार्तिक : अष्ट्रेलियाको रकडेलमा पारिवारिक भेटघाटका निम्ति आएका बुवाआमाहरुको उपस्थितिमा ६३ जना अभिभावक रकडेल नेपाली अभिभावक समाज गठन गरिएको छ। मिति २०८० कार्तिक ३ गते शुक्रबार तदनुरूप अक्टोबर २० का दिन यस रकडेलमा बसोबास गर्ने नेपाली विद्यार्थीहरुको अभिभावकहरु ६३ जनाको उपस्थितिमा रकडेल पार्कमा पिकनिकको आयोजना गरिएको समाजका लेखा संयोजक अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। साथै आज बडा दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्पन्न गरिएको छ।

साथसाथै कृष्ण प्रसाद पौडेलको अध्यक्षता रकडेल नेपाली समाज सिड्नी अष्ट्रेलिया समिति पनि गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो। अर्जुन कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति तथा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

उक्त समितिले नव आगन्तुक अभिभावकलाई समाजमा स्वागत तथा नेपाल फर्किने अभिभावकलाई बिदाई गर्ने र समस्या मा परेको हरुको हितमा सेवामुलक सहयोग गर्ने तथा स्थानीय काउन्सिलमा दर्ता गर्ने लक्ष्यका अघि बढेको श्रेष्ठले बताउनुभयो ।

