काठमाडौं : नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ। त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले १६२ रन बनाएको हो। निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाउँदै १६२ रन बनायो।
टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो।
यसअघि नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।
आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो।