काठमाडौं : यूएईले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। नेपाललाई ४ विकेटले हराउँदै यूएई विजयी भएको हो।
उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टाएको हो। नेपालले यसअघि लिगका चारवटै खेल जितेको थियो। तर, फाइनल भने नेपाल चुकेको छ।
टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो।