९ नोभेम्बर, सिड्नी : गत शुक्रबार ४ तारिकका दिन मिठाई महोत्सवको सफलतापुर्वक आयोजना गरेको जेरी सोल्टी रकडेलले हिजो बुधवार देखि तिहार लक्षित “स्वीट बुफे”को आयोजना गरेको हो। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो महान चाड तिहारको पूर्वसन्ध्यामा नेपालकै झल्को मेटाउने गरि मिठाईहरुको बुफे आयोजना गर्ने लागिएको जेरी सोल्टी रकडेलका संचालक सन्दिप अधिकारीले बताउनुभयो। नेपाली समुदायको मायाबाट नै यसरी नयाँ र नौलो योजनासहित कार्यक्रमहरुको आयोजना गर्न उत्साह मिलेको पनि अधिकारीले बताउनु भयो।
यो तिहारको समयमा कोहि कामको व्यस्तताले दाजुभाईलाई भाईमसलामा चाइने मिठाई बनाउन नभ्याउनेहरुकोलागी घरमानै बनाएको जस्तो मिठाई तथा भाईमसलाको बुफे तयार पारिने संचालकहरुले बताएका छन्। लड्डु, पेडा, मिल्क केक र गुलाव जामुन सहित १२ भन्दा बढी मिठाईका परिकारहरुको बुफे खरिद गर्न सकिने र आवश्यकता अनुसारका कम्बो प्याक पनि खरिद गर्न सकिने जानकारी दिएका छन्।
अघिल्लो हप्ताको मिठाई महोत्सव जस्तै यो मिठाई बुफेमा पनि सबै नेपाली समुदायको माया र साथ् हुनेमा आयोजकहरु विश्वस्त रहेका छन्।