सरकारले देशका तीन स्थानमा निर्माणाधीन तीनवटा रंगशालालाई राष्ट्रिय गौरवका योजनामा समावेश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले ती रंगशला निर्माणको काम अब तीव्ररुपमा अगाडि बढ्ने बताइन् । नेपालले क्रिकेटमा एकपछि अर्को सफलता पाएको बेला सरकारले तीनवटा क्रिकेट रंगशालालाई गौरवका आयोजनामा समावेश गरेको हो ।
गौरवका आयोजनाका लागि आर्थिक स्रोतको अभाव नहुने गरी कामहरू अगाडि बढाउने गरिएको छ । हालै नेपाल टी २० विश्वकपका लागि छनोट भएको थियो भने यू १९ टिम पनि विश्वकपमा छनोट भएको छ ।