शारदानगर। चितवनको सहिद भुमी भरतपुर-१९ बखान मिनि रंगशाला,शारदानगर खेल मैदानमा नव ज्योतीअगर युवा क्ल्व भरतपुर-१९,२० शारदानगरले पहिलो पटक बेस्ट डेस्टिनेसन एनवाइसि कप राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा जिल्ला भित्रका १२ र बाहिरका ४ गरि कुल १६ वटा टिमको सहभागीता रहेको थियो। उपाधिका लागि बेस्ट डेस्टिनेसन एन वाइ सि शारदानगर र साबिक बिजेता जि एम समाज कावासोती नवलपुर बिच भएको हो। कावासोतिलाई शारदानगरले २-१ को सेटमा पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो।

क्ल्वले प्रतियोगिताको अवसर पारी नेपाली राष्ट्रिय भलिबल टिमका सदस्य,अन्तर्राष्ट्रिय भलिबल खेलाडी मनिष मानन्धरलाई वर्ष २०७९/८० को सर्वोत्कृष्ट खेलाडी र बागमती प्रदेश भलिबल खेलाडी प्रीतम थापा मगरलाई वर्ष २०७९/८० को उदयमान खेलाडीको रुपमा नगद-सम्मान पत्र सहित सम्मान गरिएको हो। प्रतोयोगिताका संयोजक देउ कुमार थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बेस्ट डेस्टिनेसन एजुकेसन प्रालिका प्रमुख संजय कुवरको प्रमुख अतिथी साथै नेपाल मगर संघ भरतपुर-१९,२० का अध्यक्ष याम बहादुर थापा मगर,भरतपुर-१९ का वडा अध्यक्ष प्रकाश तामाङ, वडा सदस्य राजकुमार गुरुङ,हाम्रो सानो प्रयास सामाजिक सस्था भरतपुर-१९ का अध्यक्ष रेशम राज गुरुङ,नेपाल मगर खेलकुद संघ चितवनका सदस्य क्या.राजु थापा मगर,इन्स्पेक्टर सुरेन्द्र थापा मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा,प्रतियोगिताका मुख्य प्रायोजक उच्च शिक्षा हासिल संगै उज्ज्वल भबिष्य निर्माणका लागि पश्चिम चितवनको चनौलि बजारबाटै धेरै बिद्यार्थीहरुलाई जापान,अस्ट्रेलिया,क्यानडा,युके लगायत विभिन्न देशमा पठाउन सफल बिश्वाशिलो र उत्कृष्ट परामर्श केन्द्र बेस्ट डेस्टिनेसन एजुकेशनका प्रमुख कुवरले आफू युवा भएर युवा कार्यक्रममा जोडिन पाउँदा निकै गौरव अनुभव भएको बताउनुहुदै युवाका खेलकुद मात्र नभइ विभिन्न सामाजिक कार्यक्रम सहयोग गर्न सदैब तयार रहेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रम संयोजक मगरले प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्नको लागि सहयोग गरेकाहरुलाई धन्यवाद प्रकट गर्दै भावी दिनमा वडा र महानगर साथै खेलकुद संग आवद्ध संस्थाहरुको सहकार्यमा ७ वटा प्रदेश र बिभागीय टिम सहितको महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको बताए।

मगरले खेलकुद खेलाडी र प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत संचालन गर्ने योजनामा रहेको बताए। प्रतियोगितामा प्रथम हुने शारदानगरले रु.५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुने कावासोतिले रु. ३३ हजार ३ सय ३३ रुपैयाँ तृतीय हुने मन्दिप खाजा घर,चनौलिले रु.२२ हजार २ सय २२ रुपैयाँ र सान्त्वना हुने गोर्खा रिन्जालिले रु.११ हजार १ सय ११ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल रहे। प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गरेका शारदानगरका टिम क्याप्टेन समेत रहेका तुल बहादुर थापा मगरले उत्कृष्ट सेटर,कावसोतिका अशोक श्रेष्ठले उत्कृष्ट स्पाइकर,शारदानगरका सुमन आले मगर उत्कृष्ट लिब्रो र शारदानगरकै दुर्गा बहादुर मगर सर्वोत्कृष्ट खेलाडी चुनीन सफल रहे।
