काठमाडौं, मंसिर १२-मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।
त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।