काठमाडौं, मंसिर २१-राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्रविरुद्ध र राजसंस्था पुनःस्थापनासहित सात एजेन्डा लिएर सडकमा उत्रिने भएको छ
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो ।
राप्रपाको एजेण्डामा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका विषय समावेश छन् । पुस र माघमा आन्दोलनका लागि तयारी गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेस गरेको प्रस्तावमा उल्लेख छ ।
केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिनेछ । राप्रपाले आ