चितवन, मंसिर २४- भरतपुर महानगरपालिका–२८ सालवास बस्ने २७ वर्षीय किरण मगरको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुकी ५ बजेको समयमा राप्तीमा डुबिरहेको अवस्थामा स्थानीय डुंगा चलाउने व्यक्तिले फेला पारी मगरको उद्धार गरेका थिए ।
उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा बेलुकी ५ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।