भरतपुर, पुस ७: चितवनमा गुडिरहेको कारको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते कार चालक काठमाडौं महानगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो । कारमा क्षेत्री मात्रै सवार हुनुहुन्थ्यो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।