भरतपुर, पुस ७ : नारायणगढ स्थित नारायणी नदी पुलबाट हाम फालेकी महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी हुन ।
हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर भरतपुर अस्पताल ल्याएको थियो ।
उनको उपचारका क्रममा शुक्रबार दिउसो १२ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाहको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।