चनौली : पश्चिम चितवनको मुटुमा रहेको चनौली बजार स्थित इलाका प्रहरी कार्यालय, चनौलिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय सँग रहेर जिल्ला प्रहरी कार्यालय प्रमुख रामेश्वर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित व्यक्तिहरूले दुर्घटना धेरै हुने गरेकोले ट्राफिक नियमका कुराहरू प्रहरी र स्थानीय निकाय बाट नै मासिक, त्रैमासिक रूपमा नै जानकारी गर्दै लानु पर्ने सुझाए, विद्यालयको नजिक सुर्तीजन्य पदार्थ बिक्री गरिएको हुनाले स्थानीय निकाय र प्रहरी बिचको साझेदारीमा त्यसलाई अनुगमन गर्दै बन्द गर्नु पर्ने, अहिलेका युवाहरू धेरै भन्दा धेरै लागूपदार्थ र दुर्व्यसनीमा परेका छन्, विशेष गरी विद्यालयमा अध्ययनरत छात्रछात्राहरू सँगै युवा पुस्ताहरुपनि लागूपदार्थ सेवन सँगै ओसारपसारको चक्र बीउमा फसेको र यसलाई निर्मुल गर्न के गर्न सकिन्छ भन्ने प्रश्न गरेका छन् ।
गाउघर टोल टोलमा अहिले चोरको बिगबिगि रहेकोे हुँदा यसको निगरानी हुनु पर्ने पनि बताएका छन् । साइबर अपराधका घटनाहरुलाइ कम गर्न के गर्न सकिन्छ भन्ने कुरामा जोड दिन अनुरोध गरेका छन् । महानगरमा अहिले सडक संजाल धेरै रहेको हुदा दुर्घटना बढी भएको र महानगर भित्र सवारी साधनको गति कति हुनुपर्ने भन्ने प्रश्न समेत गरेका छन् ।
जवाफमा जिल्ला प्रहरी कार्यालय प्रमुख कार्कीले यस भन्दा अगाडि इलाका प्रहरी कार्यालय फुलवारिमा हुने गरेको सम्पूर्ण कामकारबाहीहरू अब देखि इलाका प्रहरी कार्यालय चनौली बाट नै हुने बताउनु हुदै मुद्दा फाँटको काम पनि छिटै यहीं बाट संचालन गर्ने बताउनु भयो ।साथै उहाँले जनताको गुनासो लाइ मध्यनजर गर्दै आफ्ना मातहतका प्रहरी, ट्राफिक प्रहरीलाई चुस्त रूपमा काम गर्न निर्देशन समेत दिनु भएको छ ।
चोरीका घटना कम गर्न प्रहरीलाई पैदल गस्ती गर्न आग्रह गर्नु हुर्दै आफ्नो मातहतका कर्मचारी सँगै ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरीहरुलाइ निर्देशन दिनु भयो । बजार एरियामा ४० को गतिमा सवारी नचलाए कार्वाही गर्न आग्रह गर्नु हुर्दै दुर्व्यसनीमा फसेकालाइ माया र ममताले सम्झाइबुजाइ गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा भरतपुर वडा नम्बर १७,१८,१९,२०,२४,२५,२६ का जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु,स्थानीय एक नारायण भण्डारी, बिष्णु ढकाल, शिक्षक सिता ढकाल, बिश्व राज अर्याल, हरिराज अर्याल लगायतका बुद्धिजीवी वर्गहरुको पनि कार्यक्रम उपस्थिति रहेकोे थियो ।