२९ डिसेम्बर, सिड्नी : अष्ट्रेलियामा आइटी अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि जब रेडी प्रोग्राम अध्यापन गराउँदै आइरहेको टेकस्किल्ल्स इन्स्टिच्युटले नेपाली समुदायको बाहुल्य रहेको रकडेलको जिभ्स स्ट्रिटमा आज देखि आफ्नो तेस्रो शाखाको शुभारम्भ गरेको छ । नेपालट्युबका संचालक तथा नेपाली समुदायमा परिचित वरिष्ठ पत्रकार सरल गुरुङले आज उक्त शाखाको उद्घाटन गर्नुभएको हो । इन्स्टिच्युटको शुभारम्भ सहित नेपालट्युब र टेकस्किल्सको सहकार्यमा ८ जना विद्यार्थीहरुलाई “न्यु एबिलिटी छात्रवृत्ति” दिने पनि घोषणा भएको छ। पछिल्लो समय अष्ट्रेलियाको अध्यागमन सूचना अनुसार आफ्नै क्षेत्रमा काम गर्नेहरुलाई स्थायी बसोबासको लागि सजिलो हुने अन्यथा गार्हो हुने अवस्था आएको भन्दै पैसाको अभावमा आइटी क्षेत्रमा तालिम लिनबाट वन्चित विद्यार्थीहरुलाई प्रतिव्यक्ति झन्डै ३२०० अष्ट्रेलियन डलर बराबरको छात्रवृत्तिमा आज हस्ताक्षर भएको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायप्रति सामाजिक उत्तरदायी भूमिका निभाउँदै आइरहेको नेपालट्युव र टेक स्किल्सको निरन्तर सहकार्य भईरहेको छ। उक्त “न्यु एबिलिटी छात्रवृत्ति” अन्तर्गत नेपाली संबिधान अनुरुप हाइब्रिड मोडलमा विद्यार्थीहरुको छनोट गरिने र जेहेन्दार, अल्पसंख्यक, महिलाहरुलाई समावेश गरिने नेपालट्युबका संचालक सरल गुरुङ्गले बताए। दुवै संस्थाको सहकार्यमा केहि महिना पहिले निशुल्क “इन्टेन्सिभ बुटक्याम्प ” बाट प्रत्यक्ष रुपमा १२६ जना विद्यार्थीहरुले फाइदा लिएको टेकस्किल्सका सिइयो बिराज भादेलले हामीलाई बताए।
सिड्नीमा नर्थ स्ट्राथफिल्ड र मेलबर्नबाट सेवा दिँदै आइरहेको इन्स्टिच्युटले अब देखि भने नयाँ ठाउँबाट सेवा दिन लागेको इन्स्टिच्युटका अप्रेसन म्यानेजर अनिल परियारले बताए। यहि जनवरी १३ देखि नयाँ कक्षा संचालन हुने र इच्छुक विद्यार्थीहरुले सम्पर्क गरेर भर्ना हुन सकिने पनि उनले बताए।
आइटी क्षेत्रमा करिअर बनाउन चाहाने विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको टेकस्किल्ल्सले पछिल्लो ४ महिनामा ६७ जना विद्यार्थीहरुलाई आइटी क्षेत्रमा जागिर पाउन सहयोग गरेको परियारले बताए। कम्प्युटरको बारेमा कुनैपनि कुरा नजानेको र आइटी क्षेत्रमा सिकेर केहि गर्छु भन्ने हरुको लागि पनि टेकस्किल्ल्सले सहयोग गरेर आफ्नो लक्ष्य पुरा गर्न सहयोग गर्ने गरेको विद्यार्थीहरु बताउँछन्।
अष्ट्रेलियाको आइटी क्षेत्रमा अवसर नै अवसर रहेको र काम गर्नको लागि चाहिने सम्पूर्ण कुराहरुमा विद्यार्थीहरुलाई उचित सिप केन्द्रित तालिम प्रदान गर्दै उनीहरुको भविष्य सुनिस्चित गर्न आँफूहरु लागिरहेको पनि उनले बताए।