भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले साना किसान कृषि सहकारी कृषि क्रान्तिको अस्त्र भएको टिप्पणी गर्नु भएको छ । कृषि क्रान्तिको उदगम बिन्दु भनेको नै साना किसान कृषि सहकारी हो उप प्रमुखले भन्नुभयो ।
गितानगर कल्पबृक्ष सानाकिसान गरिबी निवारण कृषि सहकारी सस्थाको १८ औ बार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले बिश्वका अधिकाश मुलुकहरूमा कृषि क्रान्ति भएको छ भने त्यो यस्तै साना किसान कृषि सहकारी सस्थाहरु कै कारणबाट भएको प्रष्ट पार्नुभयो ।
कृषिको आधुनिकिकरण आवश्यक रहेको बेला कृषि सहकारीले खेलेको भूमिका अति नै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियोे । पछिल्लो समय सहकारी प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको हुदा सहकारी प्रतिको बिश्वास दिनप्रतिदिन घट्दै गएको उप प्रमुख अधिकारीको तर्क थियोे ।
कार्यक्रममा सस्थाका अध्यक्ष सुर्य प्रसाद अधिकारीले अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा समिति सयोजक
कृष्ण प्रसाद धितालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा सस्थाका पाँच जना जेष्ठ सदस्यहरुलाइ सम्मान गरिएको थियोे । त्यस्तै सस्थाले अन्तर समुह अन्तर्गतका कृषक समुहहरुलाइ मकै रोप्ने मेसिन १७ थान र मकै गोडने हलो १७ थान बितरण गरेको छ ।