गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कुलमा अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयमा सञ्चालन हुने हरेक अतिरीक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्धितिय र तृतिय विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै तिहारको अवसरमा सञ्चालन गरिएको देउसी भैलो कार्यक्रमबाट उठेको रकम समेत सार्वजनिक गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट नगद रु १ लाख ९१ हजार रकम उठेको विद्यालयका शिक्षक खिम काउचाले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले शिक्षक, विद्यार्थि र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध कायम गरि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता र विद्यालयका प्रिन्सीपल तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।