पौष २३, भरतपुर : भरतपुर महानगरपालिका वडा न ८ मा रहेको एस ओ एस बालग्राम नेपालले सोमबारबाट बार्षिक खेलकुद सप्ताह समारोह शुरु गरेको छ । समारोहको भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले ओलम्पिक टर्च बालेर तथा गोल पोष्टमा गोल हानेर उद्वघाटन गर्नुभएको हो ।
समारोहलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले खेलकुद मानव जिवनको एक अभिन्न अङ्ग भएको टिप्पणी गर्नुभयो । साथै उहाँले खेलकुदलाई एक महत्त्वपूर्ण बिषयको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुद र अध्ययन एक अर्काका परिपुरक हुन् उप प्रमुखले भन्नुभयो,खेल क्षेत्र बिनाको अध्ययन अपुर्ण र अधुरो रहन्छ ।
बर्तमान समयमा शिक्षा सगसगै अतिरिक्त क्रियाकलापको पनि आबश्यकता रहेको उल्लेख गर्नुहुदै उहाँले महानरको शुक्रबारिय क्रियाकलाप अन्तरगतको ब्यबहारिक शिक्षालाई आ आफ्नो बिद्यालयमा लागू गर्न सबै बिद्यालयहरुलाइ आग्रह समेत गर्नुभयो ।
उहाँले महानगरपालिका एक वडा एक खेल मैदानको अवधारणामा गएको पनि बताउनु भयो । बिकासका चरण सगै महानगरपालिकाले खेलकुदको क्षेत्रमा पनि कायापलट हुने गरि बिकास गर्न चाहेको छ उप प्रमुखले भन्नुभयो’सडक,शिक्षा,खानेपानी, सन्चार,खेल,पर्यटन,स्वास्थ्य लगाएतका क्षेत्रहरुको बिकास तीब्र गतिमा हुन्छ भने भरतपुरमा मात्रै हुन्छ ।’
खेल बिकासको क्षेत्रमा भरतपुर महानगरपालिकाले खेलेको भुमिकाको कदर गर्दै नेपाल सरकारले आर्थिक बर्ष २०७९/०८० मा सर्बोत्कृष्ट अवार्डबाट महानगरपालिका सम्मानित भएको स्मरण गर्नुहुदै नगर उप प्रमुख अधिकारीले उक्त सम्मानले महानगरवासीलाई थप उर्जा मिलेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ८ का अध्यक्ष जिवनाथ कडेल,शिक्षक अभिभावक सघका अध्यक्ष नारायण प्रसाद न्यौपाने लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।