चितवन । उद्योग वाणिज्य संघ चितवनको उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् । संघको २०८०–८२ कार्यकालका लागि भएको निर्वाचनमा संस्थापन पक्ष हावी भएको छ ।
संघको प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओलीले १२ सय ४६ मत ल्याएर निर्वाचित भएका हुन् । ओलीका प्रतिस्पर्धी रजनी मास्केले १ हजार ९० मत पाइन् ।
उपाध्यक्ष (कर्पाेरेट÷वस्तुगततर्फ) नारायण प्रधानले १ हजार १९९ मत ल्याएर निर्वाचित भए । प्रतिस्पर्धी जनक पौडेलले १ हजार ५९ मत पाए ।
त्यस्तै, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारीले १ हजार ७९५ मत पाएर निर्वाचित भए । आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका थिरप्रसाद धितालको नाममा ४९८ मत गयो । धितालले यसअघि नै अधिकारीलाई समर्थन गरेको भएपनि उमेदवारी कायमै रहेकाले उक्त पदमा निर्वाचन भएको थियो ।