गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाले साधारणसभाकाे उत्तर-उत्ताेरकाे शुभकामना व्यक्त गर्दै ग्रामिण बस्तीमा सहकारी संचालन गरि गाउँमा अइचाे पइचाे गर्न सहज भएको, ईमेज सहकारीले ईमेज गुमाएको र यहा रहकाे सहकारी त्यस्तै अवस्थामा नबाउन शेयर सदस्य बचतकर्ताकाे हातमा रहेकाे भन्दै सहकारीलाइ बलियाे बनाउन आग्रह गर्नु भएको थियाे।
सहकारीमा बाल बचत र सदस्य बचतकर्ता गरि २ कराेड १२ लाख ७६ हजार ६४१ बाल बचतकर्ता, ३२० शेयरसदस्य रहेकाे सहकारीले २३ लाख १८ हजार शेयर पुँजी, २ कराेड १२ लाख ७६ हजार ६ सय ४१ बचत संगै ७९०/८० मा २ लाख ५९ हजार ९६२ नाफा गरेकाे र २ कराेड ६० लाख ९७ हजार ३ सय लगानी गरेकाे लेखा संयाेजक शसिराम काउचाले जानकारी गराउनु भयाे ।
त्यस्तै अध्यक्षप्रतिवेदन चन्द्रकुमारी श्रीस(आशा) लेखा प्रतिवेदन लेला संयाेजक शसिराम काउचाले प्रस्तुत गर्नु भएको थियाे। २०५४ सालमा स्थापना भएको सहकारीले विभिन्न विधामा रहेका व्यक्ति संगै संघसंस्थामा कार्यरत रहि समाजमा ठुलाे भुमिका निर्वाह गर्नु भएका जेष्ट नागरिक सम्मान, एक्कल सदस्य सम्मान, शैक्षिक बचत सम्मान र असल ऋणी सम्मान, पत्रकार सुरेश छन्त्याललाइ पनि सम्मान गरिएको थियाे।
सहकारीका अध्यक्ष चन्द्रकुमारी श्रीस(आशा)काे सभापतित्याे गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियता सहकारीका काेषाध्यक्ष तेजकुकारी पुनकाे स्वागत मन्तव्य संगै कार्यक्रमकाे संचालन सचिव कर्णकुमारी काउचाले गर्नु भएको थियाे।