माघ २ भरतपुर : भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सामुदायिक विद्यालयहरुलाइ विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ। नगर उप प्रमुख अधिकारीले सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउन ढिलो भैसकेको समेत उल्लेख गर्नुभयो । भरतपुर १० मा रहेको चितवन मा बि को ७० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह तथा पुरस्कार एवं छात्रवृत्ति बितरण कार्यक्रमलाई मगलबार सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले गुणस्तरीय शिक्षा बिना देश बिकास सम्भब नरहेको पनि प्रष्ट पार्नुभयो ।
गुणस्तरीय शिक्षा आजको आबश्यकता हो उप प्रमुखले भन्नुभयो,त्यसको लागि सामुदायिक बिद्यालय र महानगरपालिका बिच समन्वय र सहकार्य हुन जरुरी छ ।
बार्षिकोत्सव कार्यक्रममा पुरस्कार बितरण, नृत्य,न्यानो कपडा बितरण,छात्रवृत्ति बितरण लगाएतका दर्जनौ कार्यक्रम सम्पन्न भइसकेका छन ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्य लिला शर्मा,अभिभावकहरुको तर्फबाट मित्र निधि तिवारी लगाएतले बोल्नु भएको थियोे ।
पुस २२ गतेबाट शुरु भएको बिद्यालयको सप्ताहब्यापी बार्षिकोत्सव कार्यक्रम भोलि समापन हुदैछ । बागमती प्रदेशका स्वास्थ मन्त्री माननीय उत्तम जोशीले भोलि एक भब्य कार्यक्रमका बिच बिद्यालयको ७० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई समापन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकामा हाल १ सय ११ वटा सामुदायिक बिद्यालय र ९७ वटा सस्थागत बिद्यालय गरि २ सय ८ वटा बिद्यालयहरु रहेका छन ।

