ज्ञानेन्द्र थापा बेलौरीः कञ्चनपुरको बेलौरीमा यौनधन्दा भईरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार बेलौरी नगरपालिका–६, हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालक सहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षिय महिला, यौनकर्ममा रहेकी धरान घर भएकी २४ वर्षिय युवती र भारतको पुरनपुरका ४० वर्षिय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले जानकारी दिए।
प्रहरी निरिक्षक जैशीले अवैध रुपमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ गरेको र उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी आज(बुधबार) म्याद थप गरिएको बताए ।