परोपकारमुलक काम गर्ने उद्वेश्यले महिला दिदिबहिनीद्वारा स्थापित स्पन्दन नेपाल सस्थाले शुक्रबार देवघाटको गलेश्वर आश्रममा आश्रीत बटुक तथा जेष्ठ नागरिकहरुलाइ भोजन गराएको छ ।
आश्रममा रहेका तीन सय भन्दा बढी बटुक जेष्ठ नागरिकहरुलाइ सस्थाले भोजन खुवाएको हो सस्थाका अध्यक्ष अनिता खनालले भन्नुभयो,सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सस्थाले विभिन्न सेवाका कार्यहरू गर्दै आइरहेको छ ।
सस्थाका सल्लाहकार रन्जु मैनालीको सयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सस्थाका सचिब बिमला दहालले गर्नुभएको थियोे । कार्यक्रममा सस्थाका उपाध्यक्ष मन्जु पाठक,सह सचिब शोभा वास्तोला,निबर्तमान अध्यक्ष इन्दिरा भुषाल,सदस्यहरु बिमला घिमिरे,पार्बती गुरुङ,सकुन्तला धरेल,सल्लाहकार गोमा भट्टराई,साधारण सदस्य लक्ष्मी ढकाल लगाएको उपस्थिति रहेको थियोे ।