चनौली,१६ माघ । पश्चिम चितवनकै मुटु मानिने चनौली बजारको ‘चनौली बजार व्यवस्थापन समिति’ चितवनले १७ औँ वार्षिक साधारण सभा एवम् छैटौँ अधिवेशन सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यता एवम् चनौली बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद लामाको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न.२० का वडाध्यक्ष मुक्ति प्रसाद घले, वडा न.१८ का निवर्तमान वडाध्यक्ष दीपक लामाको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै, नेपाल रेडक्रस सोसाइटी उपशाखा चनौलीका सभापति ओम प्रसाद लामिछाने, भरतपुर महानगरपालिका वडा न. २० का निवर्तमान वडा सदस्य मन्दिरा पोखरेल, जेएमसि सहकारी तथा गुन्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरुङ, चितवन भूमि आयोगका सदस्य लक्ष्मी कान्त दवाडी, लायन्स क्लब अफ चनौलीकि अध्यक्ष रन्जिता न्यौपाने समाजसेवि महेन्द्र राज श्रेष्ठ, एक नारायण पनेरु, बतास सहकारीका अध्यक्ष राज कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको
थियो ।
अधिवेशन बाट हुमनाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसअन्तर्गत उपाध्यक्षमा गणेशमान गिरि, सचिवमा कालिका खनाल, सहसचिवमा ललिता सापकोटा, कोषाध्यक्षमा रञ्जना शर्मा, सदस्यहरूमा कल्पना खड्का, अनुप श्रेष्ठ, महेश कुमार लामा, विक्रम श्रेष्ठ, हेमचन्द्र लामिछाने, फणिन्द्र दुवाडी चयन हुनुभएको छ भने लेखा संयोजकमा राजु पौडेल, सदस्यहरूमा राम प्रसाद ढकाल र सुरेश मोहन अधिकारी चयन हुनुभएको छ ।
पश्चिम चितवनको मुटु चनौली बजार व्यवस्थापन समितिको अधक्ष्यमा हुमनाथ ढकाल
पश्चिम चितवनको मुटु चनौली बजार व्यवस्थापन समितिको अधक्ष्यमा हुमनाथ ढकाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

