मदरल्याण्ड इंगलिस स्कुलको २५ औ वार्षिकोत्सव
रामशरण गैरे
शुक्रनगर । भरतपुर–२५ स्थित मदरल्याण्ड इंगलिस स्कुलको २५ औ वार्षिकोत्सवको अवसर पारेर ‘उपेन्द्र कंडेल फाउण्डेसन’ को स्थापना गरिएको छ।
लामो समयदेखि अध्यापन क्षेत्रमा आफूलाई समर्पित गराउँदै आएका उपेन्द्रराज कंडेलको नाममा चितवनमा फाउण्डेसनको स्थापना गरिएको हो ।
वाग्लुङको काँडेवास मावी र चितवनको मदरल्याण्ड स्कुलमा सेवामुलक काम गर्ने गरी शुरू गरिएको फाउण्डेसनको उदघाटन भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सोमबार गरेका थिए ।
उक्त अवसरमा उपमेयर अधिकारीले शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासील गरेको वताए। महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७ रहेको र ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको वताउदै उनले महानगरमा शिक्षक दरवन्दी सृजना गरी युवा स्वयमसेवक शिक्षक परिचालन, खुल्ला आवेदनबाट पूर्ण छात्रबृत्ति प्रदान जस्ता कार्यक्रम गरेको वताउदै उनले भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको बताए ।
फाउण्डेसनका संयोजक अरूण कडेलले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि फाउण्डेसनले नविनतम प्रविधि सहित गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने बताय ।
संस्थाले शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन पु¥याउने प्रमुख उद्देश्यका साथ स्थापना गरिएको वताउदै संयोजक कडेलले भने,“मुनाफा रहित विसुद्ध सामाजिक संस्थाको रुपमा स्थापना गरिएको संस्थाले आर्थिक अवस्थाबाट कमजोर भई शिक्षाबाट टाढा भएकालाई नजिक ल्याउनेछौँ ।”
वाग्लुङमा लामो समय सम्म अध्यापन गरेका र देश,विदेसमा गरी १५ वटा भन्दा वढी निजि विध्यालय तथा कलेजहरूको फाउण्डर रहेका शिक्षा क्षेत्रका सफल व्यक्तीत्व कडेलको लगनशिल, मेहेनत, समाज रुपान्तरणमा सकरात्मक उर्था थप्ने विचार र उनको कार्यहरुबाट प्रभावित भई कडेलको विचारलाई आत्मसाथ गर्दै उपेन्द्र कडेल फाउण्डेसन नामाकरण गरिएको उनले जनाए ।
नेपालमा निजी विद्यालय सार्वजनिक शिक्षा प्रणालीको विकल्प र गुणस्तरीय शिक्षामा पहुँच बढाउने ध्याउन्नमा लागेकाले निजी विद्यालयहरू नेपालको शिक्षा क्षेत्रको अभिन्न अङ्ग बनिसकेको वताउदै भरतपुर २५ का वडाध्यक्ष छविलाल सापकोटाले निजी विद्यालयलाई थप व्यवस्थित बनाउने तर्फ सोच्न आवश्यक रहेको वताए।
विध्यालयको प्रगति प्रतिवेदन पेश गर्दै विध्यालयका प्रिन्सपल नवराज भट्टले विध्यालयलाइ सेवा मुलक संस्थाको रुपमा नाफा नलिने गरी रुपान्तरण गर्न सोच बनाइएको वताउदै उनले विद्यालयले विद्यार्थीलाइ सुविधाजनक व्यवस्था, योग्य शिक्षकको व्यवस्थापन र थप अनुकूल सिकाइको वातावरण प्रदान गर्दै आएको वताए ।
१९९८ सालमा स्थापना भएको मदरल्याण्ड इंगलिस स्कुलमा ६०० को हाराहारीमा विध्यार्थीहरू अध्ययन गर्छन। उक्त अवसरमा विध्यालयका पुर्व शिक्षक तथा कर्मचारीहरू,विव्यसका पुर्व अध्यक्षहरूलाइ सम्मान गरीएको थियो।