सिन्धु विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
शोसी । सिन्धु विकास वैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका– २५ शोशि स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकोे छ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएकाले उनीहरूलाई बैंकको चनैली शाखाले स्विटर प्रदान गरेको हो।
भरतपुर २५ का वडाअध्यक्ष छविलाल सापकोटा प्रमुख अतिथी रहेको कार्यक्रममा विदेसी दातृसस्थाहरूले सहयोग गरेको ब्याग तथा स्टेसनरी सामाग्रीहरू करीव १७५ जना विध्यार्थीहरूलाइ हस्तान्तरण गरीएको थियो।
चिसोमा न्यानो कपडाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बैंकका चनैली शाखाका प्रमुख कृष्णप्रसाद दाहालको भनाइ छ।
बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन्। यस कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैङ्कका वाग्मति प्रदेश प्रमुख रविन कुवरले वताए। ।
बैंकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको छ। बैंकले हाल २४ शाखा र दुई सीमित बैंकिङ एकाइबाट सन्ध्याकालीन बैंकिङ सेवा, मोबाइल बैंकिङ, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्युआर कोड, सिएएसबिए, कनेक्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।