कमल सुवेदीले गरे माओवादी केन्द्र परित्याग
ज्योतिनगर । नेकपा(माओवादी केन्द्र)का सकृय कार्यकर्ता कमल सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमा माओवादी केन्द्र परित्यागको घोषणा गर्दै स्वतन्त्र रूपमा रहने बताएका हुन् ।
माओवादी केन्द्र वडा नं. २६ को स्थानिए कमिटीको अध्यक्षसमेत रहेका उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् ।
द्रव् पिचास, दास र अवसरवादीहरूको उन्मादलाई स्वीकार गर्न नसकिएन वताउदै उनले सोमबार देखी नेकपा (माओबादी केन्द्र) त्यागेको वताए। उनले स्वतन्त्र रहदै समाजका बिकृतीका विरुद्ध ससक्त रहने सामाजिक सञ्जाल मार्फत जानकारी गरायकाछन।
माओवादी केन्द्र लाखौँ कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै जनताको इच्छा र चाहनाविपरीत अगाडि बढिरहेको उनको आरोप छ ।

